दार्चुलाको मार्मा गाउँपालिकाले बाडेको पोलिस्टरको माक्स काण्ड !

Posted on: 21 Apr, 2020

वैशाख ९, दर्चूला | दार्चुला जिल्लाको मार्मा गाउँपालिकाले जनताको स्वास्थमा खेलवाड गरेको भन्दै सामाजिक संजालमा बिरोध गरिएको छ । गाउँपालिकाले पिपिइ सेट, सेनेटाइजर र सर्जिकल माक्स खरिद गरेर  गाउँ-गाउँ बितरण गर्ने भनेर भनिएता पनि मार्मा गाउँपालिकाले स्थानीय बजारमा पाइने पोलिस्टरको कपडाबाट माक्स उत्पादन गरि बाडेको स्थानीयको आरोप छ । 

गाउँमा बाडिएको उक्त पोलिस्टरको माक्स लगाउँदा स्वास लिननै समस्या भएको भन्दै स्थानीयले  गुनाशो गरेपछि गाउँपालिकाले उक्त माक्स बाड्न रोकेको स्थानीयले बताएका छन् । यसै विषयमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानासंग जानकारी लिदा मार्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चक्र सिंह धामिलाई स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा गाउँपालिकाले दिएको बताए । रानाको अनुसार ५/६ सयको शंख्यामा माक्स निर्माण गरिएको थियो । जनताबाट गुनासो आएपछि पोलिस्टरको कपडा प्रयोग भएको माक्स गाउँपालिकाले फिर्ता लगेको उनले बताएका छन् ।

माक्स बनाउने कपडा पोलिस्टरको रहेको माक्स सिलाइ गर्ने जनक तिखालले बताएका छन् । माक्स कतिवटा निर्माण भएको भन्ने प्रश्नमा जनक तिखाल र उनकी छोरीसँग भएको छुट्टाछुट्टै संवादमा ५ हजार ५ सय निर्माण गरेर पठाएको भन्ने छ । सिलाई गर्ने तिखालका अनुसार माक्स पाँच हजार पाँच सय प्रति सिलाएको र चौतर्फी बिरोध आएको भएर गाउँपालिकालेनै फिर्ता लगेका छन् । तर यहि विषयमा गाउँपालिका अध्यक्ष र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले साझा सबाल मिडियालाई दिएको जानकारी सोझै बाझिने खालको छ । गाउँपालिका अध्यक्ष जमनसिंह धामी र प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानाले ५/६ सयको शंख्यामा मात्र माक्स सिलाएको दावी गरिरहँदा सिलाई गर्ने तिखाल परिवारले भने ५ हजार ५ सय माक्स सिलाई गरेर पठाएको बताएका छन् । तिखाल परिवारसंग भएको छुट्टा-छुट्टै फोन संवादमा सिलाई जिम्मा लिएका जनक तिखालले बताएको र उनकी छोरीले बताएको कुरा मिल्छ तर सिलाई गर्ने र गाउँपालिका अधिकारीको कुरा मिल्दैन ।

त्यसो त माक्सकै विषयमा गाउँपालिकाका अधिकारीहरु समेत भ्रममा रहेको थप प्रमाणित केबाट हुन्छ भने आजै गाउँपालिकाको वेवसाइटमा एक बिज्ञप्ति जारी भएको छ, जसमा स्वास्थ्य संयोजक चक्रसिंह धामीले ३ हजार ५ सय माक्स वितरण गरेको उल्लेख गरेका छन् । बिज्ञप्तिमा स्वास्थ्य संयोजक चक्रसिंह धामीले सामाजिक संजालमा माक्स खरीद गर्दा भ्रष्टाचार भएको भन्दै आएको कुराहरुले चरित्रहत्या भएको उल्लेख गरेका छन् । बिज्ञप्तिमा धामीले आफूले अनियमितता गरेको पाइएको जुनसुकै कारवाही भोग्न तयार भएको भन्दै छानवीन गर्न अनुरोध गरेका छन् । 


यस विषयमा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले सुरुवातमा ६/७ सय माक्स निर्माण गरेको तर त्यसको गुणस्तर राम्रो नभएको भन्ने भएपछि थप बनाउन रोकेको बताएपनि आजै गाउँपालिकाको वेवसाइटमा जारी एक बिज्ञप्तिमा ३ हजार पाँचसय माक्स वितरण भएको उल्लेख गरि बिज्ञप्ति आउनुले गाउँपालिका प्रमुखलाई नै कति माक्स वितरण गरियो भन्ने थाहा नभएको स्पष्ट बुझ्न सकिन्छ । उनले भने - 'सामाजिक संजालमा भनिएजस्तो ५ हजार ५०० माक्स सिलाइएकै छैन । ५/६ सय माक्स सिलाएको हो, त्यसको भुक्तानी भएकै छैन । गाउँपालिकाले त्यो माक्सको लागि कुनै बजेट बिनियोजननै नगरेको अवस्थामा भ्रष्टाचार भयो भन्ने आरोप आएको छ ।' उनले गाउँमै  बनाइएको माक्स राम्रो नभएपछि काठमाडौँबाट सर्जिकल माक्स मगाइएको बताएका छन् । 

अध्यक्ष धामीका अनुसार गाउँमा २० वटा पीपीई आएको छ । थप स्वास्थ्य सामग्री काठमाडौँबाट मगाइएको छ । सर्जिकल माक्स सहित अन्य स्वास्थ्य उपकरण आउने चरणमा छ । 

अध्यक्ष धामीका अनुसार गाउँपालिकामा १३९ जना क्वारेनटाइनमा राखिएको मध्ये सबैको स्वास्थ्य परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर फर्काइएको छ । हाल गाउँपालिकामा १७ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!