बुङ्गलमा १५ शैयाको अस्पाताल शिलान्यास

Posted on: 30 Nov, 2020

मंसिर १५ बुङ्गल | बझाङको बुङ्गलमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ | सोमबार नगर प्रमुख धनबहादुर बिष्टले बुङ्गल नगरपालिका ४ विजगडामा अस्पताल शिलान्यास गरेका हुन् | 

जिल्लाको बुङ्गल नगरपालिका सहित चारवटा स्थानीय तहरुमा अस्पताल शिलान्यास गरिएको छ | बुङ्गल नगरपालिकामा १५ शैयाको सैपाल,खप्तड छान्न्ना र छविस पाथिभेरा गाउँपालिकामा १०/१० सैयाको अस्पताल शिलान्यास गरिएको हो |

सरकारले विभिन्न पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले एकैसाथ ३९६ स्थानिय तहमा अस्पताल भवन शिलान्यास गरेको छ | स्थानीय तहमा पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाएको अर्थ मन्त्रालयले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!