नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्ने

Posted on: 26 Oct, 2021

कात्तिक ९, अछाम | नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ। निगमले आज दुईवटा उडान भर्न लागेको हो ।

निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढीदेखि साँफेबगर र साँफेबगरबाट १०:४५ बजे धनगढीका लागि उडान हुनेछ। दोस्रो उडान धनगढीबाट फेरि ११:३० बजेका लागि तय भएको र साँफेबगरबाट १२:१५ बजे धनगढीका लागि उडान छ ।

धनगढीबाट अछाम र अछामबाट धनगढीका लागि ३७ सय ८५ कायम गरिएको छ । नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले उडान बन्द गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!