सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Posted on: 28 Oct, 2021

न्युज कारखाना | कात्तिक ११, काठमाडौं | सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा र २० प्रतिशत लाभांश वितरण प्रयोजनार्थ १४ कात्तिकमा बुक क्लोज गर्दैछ । यसर्थ, शुक्रबार र शनिबार सेयर कारोबार नहुनाले आज बिहीबार नै कायम सेयरधनीले लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएको हो ।

कम्पनीको १० औँ साधारणसभा २८कात्तिकमा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित एक प्रतिशत नगद गरी कुल एक प्रतिशत लाभांश वितरण गर्दैछ । ९  कात्तिकमा दोस्रो बजारमा आशा लघुवित्तको सेयर प्रतिकित्ता १८४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!