रिडी हाइड्रोपावरको साधारणसभा आज, मर्जर प्रक्रियामा जाने मुख्य एजेण्डा

Posted on: 29 Oct, 2021

न्युज कारखाना | कात्तिक १२, काठमाडौं | रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारणसभा आज शुक्रबार बस्दैछ । लाभांश पारित तथा मर्जर प्रक्रियामा जाने मुख्य एजेण्डासहित सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ । 

कम्पनीले सभा प्रयोजनका लागि २ कात्तिकमा एकदिन बुक क्लोज गरिसकेको छ । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्नेबारे निर्णय हुने मुख्य एजेण्डा छ ।

कम्पनीले १२ दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित हुनेछ । आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!