पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, ग्याँसको मूल्य १५००

Posted on: 29 Oct, 2021

कात्तिक १२, काठमाडौं | पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेको छ । 

यस्तै आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा निगमलाई २ अर्व २२ करोड घाटा हुने अवस्था रहेको भन्दै घाटा कम गर्न मूल्य बढाईएको उल्लेख छ । मूल्य बढेसंगै अब पेट्रोलको मूल्य १३३ रुपयाँ पुगेको छ भने डिजेलको मूल्य ११६ रुपयाँ पुगेको छ । 

यस्तै एलपी ग्याँसको मूल्य पनि ५० रुपयाँले वृद्धि गरि १५०० पुर्याईएको छ । निगमले मूल्य बढाइएपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२ रुपयाँ ५५ पैसा, डिजेलमा ११ रुपयाँ ६७ पैसा र एलपी ग्याँसमा ४६१ रुपयाँ २२ पैसा घाटानै रहेको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!