लुम्बिनी विकास बैंकको नाफा ९० प्रतिशतले बढ्यो

Posted on: 31 Oct, 2021

कात्तिक १४, काठमाडौं | लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षभन्दा यसवर्ष खुद् नाफा ९० दशमलव ८० प्रतिशत पृद्धि भएको हो । गतवर्ष बैंकले ११ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

असोजसम्ममा लुम्बिनीले खुद ब्याज आम्दानी ३३ दशमलव ७१ प्रतिशत र सञ्चालन नाफा ८३ दशमलव ४० प्रतिशतले बढाउन सफल भएको छ । बैंकको वितरण योग्य नाफा ५१ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८९ पैसाले बढेर २९ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ एक सय ८७ रुपैयाँ पाँच पैसा छ । हाल बैंकको चुक्तापूँजी दुई अर्ब ९० करोड ६४ लाख ५३ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङसहित जगेडा कोष रकम दुई अर्ब ५३ करोड ५४ हजार रुपैयाँ छ । यसवर्ष बैंकले ३६ अर्ब ५५ करोड ४४ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । 

बैंकले असोजसम्ममा ३२ अर्ब ३९ करोड ८० लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता, बैंक खराब कर्जा पनि घटाउन पनि सफल भएको छ । गतवर्ष दुई ३६ प्रतिशत खराब कर्जा रहेको बैंकको यस त्रैमासमा घटाएर एक दशमलव ३१ प्रतिशतमा पुर्याएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!