भारतमा आईपीओको धक्का, बैंकको निक्षेप ओरालो

Posted on: 04 Dec, 2021

मंसिर १८, काठमाडौँ, एजेन्सी | भारतमा पछिल्लो १२–१८ महिनादेखि भारतीय बजारमा आईपीओको क्रेज तिब्र रुपमा चलिरहेको छ । जनताले आफ्नो मुद्दती निक्षेपबाट पैसा झिकेर बजारमा लगानी गर्ने अवस्था आएको छ । जसका कारण पछिल्लो पन्ध्र दिनमा बैंकको निक्षेपमा २.६७ लाख करोड रुपैयाँ घटेको छ ।

भारतीय रिजर्भ बैंक (आरबीआई) को तथ्याङ्क अनुसार दिवालीपछि बैंक निक्षेपमा तीव्र गिरावट आएको छ । नोभेम्बर मसान्तमा बैंक निक्षेपहरू २.६७ लाख करोड रुपैयाँले घटेर १५७.८ लाख करोड रुपैयाँमा झरेको छ । नोभेम्बर  मसान्तमा निक्षेपमा ३.३ लाख करोड रुपैयाँ बढेको थियो ।

एसबीआईका प्रमुख अर्थशास्त्री सौम्यकान्ति घोषले आफ्नो प्रतिवेदनमा निक्षेपमा भएको यो वृद्धि र त्यसपछिको सुस्तताको प्रवृत्ति एकदम विपरीत रहेको बताएका छन । निक्षेपमा यति ठूलो वृद्धि सन् १९९७ पछिको पाँचौं ठूलो वृद्धि भएको बताएका थिए । 

प्रतिवेदनले नोभेम्बर २०१६ मा बैंक निक्षेपमा भएको वृद्धि नोटबन्दीका कारण भएको उल्लेख गरेको छ । नयाँ जमाना र अन्य कम्पनीको समस्या आएपछि शेयर बजारमा उछाल आउने आशामा जनताले बैंकबाट पैसा निकालेको बैंकहरुले बताउँछन् । नोभेम्बर ५, २०२१ मा समाप्त भएको पन्ध्र दिनमा बैंकिङ प्रणालीमा निक्षेपको प्रवाह बढेको छ । तर, त्यस्तो वृद्धि नभएपछि बैंकिङ निक्षेपको गति सुस्त भयो र झण्डै ८० प्रतिशत निक्षेप फिर्ता भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!