तीन महिनामा एक खर्ब २२ अर्ब रुपैयाँ बराबरको उद्योग दर्ता

Posted on: 05 Dec, 2021

मंसिर १९, काठमाडौं | चालु आर्थिक वर्षको तीन महिनामा १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार साउन महिना देखि असोज मसान्त सम्म १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको ८७ वटा स्वदेशी तथा विदेशी लगानीका उद्योग दर्ता भएका हुन् । 

विभागको तथ्याङक अनुसार उक्त संङख्यामा उद्योग दर्ता भएसँगै ८ हजार १ सय ३४ जनालाई रोजगारी दिन प्रस्ताव गरिएको छ । विदेशी लगानीमा १०७ वटा उद्योग दर्ता भएका छन् । जसको पुँजी २४ अर्ब रुपैयाँ रहेका छ । विदेशी लगानीमा दर्ता भएका उद्योगहरुमा ७ हजार १ सय ९५ जनालाई रोजगारी प्रस्ताव गरिएको छ । 

यस अवधिमा उद्योग डिजाइन दर्ता संङख्या ५, ट्रेडमार्क दर्ता संङख्या ९१० र प्रारम्भिक दर्ता  संङख्या १४ वटा रहेको विभागले जनाएको छ । त्यसैगरी तीन महिनाको अवधिमा २६ वटा ठुला उद्योग, ३४ वटा मझौला उद्योग र २७ वटा साना उद्योग दर्ता भएका छन् । 

दर्ता भएका ८७ वटा उद्योगहरु मध्ये बढी प्रदुषण हुने ३ वटा उद्योगहरुमा विभागले वातावरण व्यवस्थापन प्रणाली लागु गरेको छ । 

त्यसैगरी विभागले नेपालमा कच्चा पदार्थ उपलव्ध हुने र तुलनात्मक लाभ भएका औद्योगिक लगानीमा क्षेत्रको पहिचान सम्बन्धी अध्ययन गर्ने कार्यक्रम कार्यान्वयन गर्न सार्वजनिक खरिद ऐन बमोजिम परामर्शदाता छनौट गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!