शेयर बजारमा उच्च अंकको गिरावट

Posted on: 05 Dec, 2021

मंसिर १९, काठमाडौं | नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से ६७ अंकले घटेको छ भने साढे दुई अर्बको कारोबार भएको छ । 


नेप्सेका अनुसार यस अवधिमा न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!