यस्तो छ आज सुनको मूल्य

Posted on: 07 Dec, 2021

मसिर २१, काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।  

त्यस्तै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!