नेप्सेमा प्राइम कमर्सियल बैंकको शेयरमूल्य समायोजन

Posted on: 08 Dec, 2021

मंसिर २२, काठमाडौं | प्राइम कमर्सियल बैंक लिमिटेडको शेयरमूल्य बुधवार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।  

बैंकको मंगलवार कायम अन्तिम शेयरमूल्य ४४३ रुपैयाँको आधारमा नेप्सेले बोनसपछिको मूल्य ३८१ दशमलव ९० रुपैयाँ तोकेको हो । बुधवार समायोजन मूल्यकै आधारमा बैंकको शेयर कारोबार खुला हुनेछ । 

यस वर्ष बैंकले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले पुस ६ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । 

उक्त सभा प्रयोजनका लागि मंसिर २२ गते एक दिन बुक क्लोज गरेसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य कायम गरेको हो । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!