पेट्रोलियम सवारी विस्थापन गर्न पम्पलाई ‘चार्जिङ स्टेसन’मा रुपान्तरण गराैं : मन्त्री शर्मा

Posted on: 08 Dec, 2021

मंसिर २२, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने बेला आएको बताएका छन्।

बुधबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले पेट्रोलियम सवारीको आयात तथा प्रयोग विस्थापन गर्नु पर्ने बेला आएकाे बताए।

उनले अब विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्न अहिलेका पेट्रोल पम्पहरुलाई चार्जिङ स्टेसनमा रुपान्तरण गर्नुपर्ने बताए।

अन्य आवश्यक स्थानमा समेत चार्जिङ स्टेसन निर्माणका लागि सरकार लागि परेको र यसमा निजी क्षेत्रको समेत सरकारले साथ खोजेको उनले बताए।

सो अवसरमा मन्त्री शर्माले सडक,पूर्वाधार तथा अन्य सबैखाले भौतिक पूर्वाधार विकासका लागि परम्परागत नीति परिवर्तन गर्नुपर्ने बेला आएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!