सुनको मूल्य बढ्यो : तोलाको कति पुग्यो ?

Posted on: 12 Jan, 2022

पुस २८, काठमाडौँ | नेपाली बजारमा आज बुधबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ। सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पाँच रुपैयाँले बढेर प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!