घट्यो अमेरिकी डलर, कस्तो छ आज विदेशी मुद्राको विनिमयदर ?

Posted on: 14 Jan, 2022

पुस ३०, काठमाडौँ | नेपाल राष्ट्र बैंककाअनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ ।  यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५रुपैयाँ ३० पैसा र विक्रीदर १३५ रुपैयाँ ९९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०३ पैसा र विक्रीदर १६२ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २३ पैसा र विक्रीदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ २३ पैसा र विक्रीदर ८६ रुपैयाँ ६७ पैसा रहेको छ । क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ४७ पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३० पैसा र विक्रीदर १० रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र विक्रीदर १८ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ ।  यता साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र विक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ३९ पैसा र विक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!