विदेशी मुद्राको आजको विनिमय दर कति ?

Posted on: 19 Jan, 2022

माघ ५, काठमाडौँ | नेपाली बजारमा आज एक अमेरिकी डलरको बिक्रीदर ११९.६२ रुपैयाँ र खरिददर ११९.०२ रुपैयाँ छ। यस्तै, नेपाल राष्ट्र बैंकले आज एक यूरोको बिक्रीदर १३६.३५ रुपैयाँ र खरिददर १३५.६७ रुपैयाँ छ।

यसैगरी, पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.९९ र खरिददर १६२.१८ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्रीदर ८६.०३ र खरिददर ८५.६० रुपैयाँ छ। एसियाली मुलुकतर्फ सिंगापुर डलरको बिक्रीदर ८८.७१ र खरिददर ८८.२६ तथा १० जापानी ऐनको बिक्री दर १०.४४ र खरिददर १०.३८ रुपैयाँ छ।

चिनियाँ युआनको बिक्रीदर १८.३३ र खरिददर १८.७४ तथा साउदी रियालको बिक्रीदर ३१.८८ र खरिददर ३१.७२ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ। यसका साथै, कतारी रियालको बिक्रीदर ३२.८५ र खरिददर ३२.६९ तथा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्रीदर ३२.५७ र खरिददर ३२.४० रुपैयाँ छ।

केन्द्रीय बैंकले मलेसियन रिंगटको बिक्रीदर २८.५९ र खरिददर २८.४५ रुपैयाँ तथा १०० कोरियन वनको बिक्रीदर १०।०४ र खरिददर ९.९९ रुपैयाँ तोकिएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!