ई–सेवा मनी ट्रान्सफर र कतारको युनिमोनी एक्सचेन्जबीच सम्झौता

Posted on: 28 Jan, 2022

माघ १४, काठमाडौँ | ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा  पठाउन सक्नेछन् ।  युनिमोनीका कतारमा भएका ९ वटा शाखाबाट नेपालका ६० भन्दा धेरै बैंकमा वा इवा वालेटमा तत्काल रकम पठाउन सकिन्छ ।

त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरी रहेका इवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिन्छ । पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगइ सोझै ई–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्नसमेत सकिने कम्पनीले जनाएको छ । 

यस सम्झौताबारे ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘ई–सेवा मनी ट्रान्सफर र युनिमोनीबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ, यसले  कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!