प्रतितोला ४ सय रूपैयाँले घट्यो सुनको भाउ

Posted on: 31 Jan, 2022

माघ १७, काठमाडौँ | नेपाली बजारमा आज (सोमबार) सुन भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेको छ । आज चाँदी १२ सय ४० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आइतबार १२ सय ५० रुपैयाँ कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!