आज पनि सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदै छ कारोबार ?

Posted on: 04 Feb, 2022

माघ २१, काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार भने ९२ हजार ५०० रुपैयाँ पर्नेछ । यसैगरी ९२ हजार २०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज ९२ हजार रुपैयाँ रहेको छ । 

यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँ घटेको छ । बिहीबार एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!