वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कति पुग्यो ?

Posted on: 13 Feb, 2022

फागुन १, काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन्। शनिवार वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर बढाउने भद्र सहमति गरेका छन् । सहमतिअनुसार १ फागुदेखि व्यक्तिगततर्फ मुद्दतिमा वाषिर्क ११.०३ प्रतिशत ब्याजदर पुगेको छ । 

वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन्। शनिवार वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

नयाँ ब्याजदर सार्वजनिक गर्ने सबै बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएका छन्। गत महिना अधिकांश बैंकहरुको अधिकतम १०.०५ प्रतिशत रहेको थियो।

लामो समयदेखि तरलताको समस्या भोग्दै आएका बैंकहरुले अहिले लगानीयोग्य रकम जोहो गर्न ब्याजदर बढाएका हुन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!