साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Posted on: 13 Feb, 2022

फागुन १, काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।

प्रति तोलामा १५ सय रुपैयाँले बढी ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको ९५ हजार निर्धारण गरिएको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । प्रति तोलामा २० रुपैयाँले बढी एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!