ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Posted on: 15 Feb, 2022

फागुन ३, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा १२०० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य तोलामा एकैदिन १ हजार २०० ले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवासाय महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्य आज ९६ हजार २०० रुपैंया रहेको छ । 

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० पुगेको छ । हिजो चाँदीको मूल्य  प्रतितोला १ हजार ३०० रुपैंया रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!