आज पनि सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो ?

Posted on: 18 Feb, 2022

फागुन ६, काठमाडौँ । साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । 

यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर शुक्रबार प्रतितोला १३०५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२९५ रुपैयाँमा कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!