आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो ?

Posted on: 20 Feb, 2022

फागुन ८, काठमाडौँ । सुनको भाउ साताको पहिलो दिन आज (आइतबार) प्रतितोला १०० रुपैयाँका दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर छ ।शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!