आज तोलामा एक हजारले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

Posted on: 25 Feb, 2022

फागुन १३, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा २५ सयले बढेको थियो ।     

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।   

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३५५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १३३५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!