भारतबाट फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

Posted on: 01 Mar, 2022

फागुन १७, काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले रातोपाटीलाई जानकारी दिए ।

भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई ग्यास र पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जनाउँदै आईओसीले मंगलबार मूल्य बढाएर पठाएको हो ।

रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय व्यापार नै उथलपुथल भएको छ । त्यसकै प्रत्यक्ष असर कच्चा तेल र ग्यासमा परेकाले नेपालमा असर देखिएको हो । केही दिनअघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय ४ डलरसम्म पुगेको थियो । यद्यपि मंगलबार भने प्रतिब्यारेल १ सय डलर आसपासमा छ । ‘अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावले यहाँ पनि समस्या बनाएको छ,’ उपाध्यायले भने, ‘हरेक महिनाको ८ र २३ तारिखमा आईओसीलाई रकम भुक्तानी गर्नुपर्छ । मूल्य समायोजन नहुँदा ठूलो समस्या पर्ने देखिन्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!