आज बजारमा यस्तो छ सुनचाँदीको भाउ

Posted on: 03 Mar, 2022

फागुन १९, काठमाडौँ । बिहीबार सुनको मूल्य तोलमा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको सुन बिहीबार ९९ हजार रुपैयाँमा खरिदविक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

आज चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३८० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा ४० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३७५ रुपैयाँ पुगेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!