राष्ट्र बैंकले भोलिदेखि बजारमा एक रुपैयाँका नयाँ सिक्का ल्याउने

Posted on: 08 Mar, 2022

फागुन २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउँदैछ । भोलिबाट नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरको सिक्का प्रचलनमा ल्याउने भएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको सिक्का प्रचलनमा ल्याउन लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सिक्काको अग्र भागमा बृत्ताकार चौसठ्ठी थोप्ला छन्। त्यहाँ हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा राखिएको छ।

सिक्कामा फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो पनि रहेको बैंकले जनाएको छ। सिक्कामा चन्द्र, सूर्यका साथै सगरमाथाको आकृति र अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!