बुधबार उच्च मूल्यमा पुगेको सुनको मूल्य ३ हजार ५ सयले घट्यो, कतिमा हुदै कारोबार ?

Posted on: 10 Mar, 2022

फागुन २६, काठमाडौँ । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य घटेको छ।  बुधबार प्रतितोला १ लाख  ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार ३ हजार ५ सयले घटेको हो। 

बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज १ लाख २ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार ५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!