आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घट्यो, कतिमा हुदै कारोबार ?

Posted on: 14 Mar, 2022

फागुन ३०, काठमाडौँ । आइतबार बढेर कारोबार भएको सुनको मूल्यमा सोमबार गिरावट आएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज एक लाख दुई हजार ३०० रुपैयाँ पर्नेछ भने एक लाख दुई हजार ३०० रुपैयाँ पर्ने तेजावी सुनलाई आज एक लाख एक हजार ८०० रुपैयाँ पर्नेछ । 

यता, चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको महासंघले जनाएको छ । आइतबार प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४१५ रुपैयाँमा कारोबार हुनेछ ।४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४१५ रुपैयाँमा कारोबार हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!