आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदै कारोबार?

Posted on: 16 Mar, 2022

चैत २, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१६ डलर आसपास कारोबार भइरहेको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!