हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

Posted on: 30 Mar, 2022

चैत १६, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर १२१ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ७२ पैसा र बिक्री दर १५९ रुपैयाँ ५० पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५४ पैसा र बिक्री दर १३० रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ९५ पैसा र बिक्री दर ९१ रुपैयाँ ४० पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ६३ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ८२ पैसा र बिक्री दर नाै रुपैयाँ ८७ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ चार पैसा  र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा  छ भने कतारी रियाल  एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नाै रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक पैसा कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!