चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा

Posted on: 05 Apr, 2022

चैत्र २२, काठमाडौं | काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । 

२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । 

सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । 

विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । 

निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!