सुनको मूल्य ९९ हजार रुपैयाँ

Posted on: 07 Apr, 2022

चैत्र २४, काठमाडौँ | सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार कायम भएको छ । 

यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।  

चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!