हेर्नुहोस् आज सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघ्याे

Posted on: 10 Apr, 2022

चैत्र २७, काठमाडौँ  | साताकाे पहिलाे दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ १० रुपैयाँले बढेको छ। शुक्रबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी एक हजार तीन सय ६५ रुपैयाँ निर्धारण भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!