वैदेशिक सहायता प्रतिवद्धता ३२.७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब प्राप्त

Posted on: 20 Apr, 2022

 वैशाख ७, काठमाडौं | चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत वर्षको तुलनामा ३२.७ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले कूल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्राप्त गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो । चालु आर्थिक वर्ष प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अबै ६१ करोड रुपैयाँ रहेको छ । 

वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमसः ७.५ प्रतिशत र ९२.५ प्रतिशत रहेको छ । 

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये आइएमएफ, एशियाली विकास बैंक र विश्व बैंकबाट क्रमसः ३७ प्रतिशत, २१.८ प्रतिशत र १६.६ प्रतिशत रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!