रेलमार्गबारे नेपाल–चीनबीच आर्थिक पक्षमा छलफल हुन आवश्यक : चिनियाँ राजदूत

Posted on: 21 Apr, 2022

विशाख ८, काठमाडौँ | नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल चीन रेलमार्गबारे दुवै देशका बिचमा आर्थिक पक्षबारे गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् । बिहीबार चिनियाँ दूतावासले गरेको पत्रकार सम्मेलनमा बोल्दै राजदूत यान्छीले रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनपछि रेलमार्ग निर्माण कहिले सुरु हुने र कहिले सम्पन्न हुन्छ भन्नेबारे थाहा हुने बताइन् । 

उनले तिब्बतको केरुङबाट कहिले काठमाडौँ रेलमार्ग बनाउन हिमालय क्षेत्र भएका कारण कठिनाइ हुने भएकोले तत्काल भन्न नसक्ने बताइन् । उनले केरुङ काठमाडौँ रेलमार्ग निर्माणको काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताइन् । हालै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका बेला पनि नेपाल चीन रेलमार्गलाई अगाडि बढाउनेबारे छलफल भएको थियो । यो आयोजना अघि बढाउनका लागि हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अघि बढेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!