हप्ताको पहिलो दिन सेयर बजार हरियोमा, कति अंकले बढियो करोबार ?

Posted on: 24 Apr, 2022

 वैशाख ११, काठमाडौ । हप्ताको पहिलो दिन शेयर बजार हरियाली देखिएको छ । अघिल्लो दिन २५ दशमलब ४५ विन्दुमा रोकिएको नेप्से आज ९५ दशमलव ४६ अंकले बढेर २ हजार ४ सय २० दशमलब ९१ विन्दुमा रोकिएको हो ।

त्यस्तै आज शेयर कारोबारमा पनि सामान्य सुधार भएको छ । अघिल्लो हप्ताको लास्ट दिन बिहिबारको तुलनामा ९० करोड २१ लाख बराबरको अर्थात २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!