नेप्सेमा २ अर्बको कारोबार, परिसूचक ३४ अंकले घट्यो

Posted on: 25 Apr, 2022

वैशाख १२, काठमाडौँ | साताको दोस्रो दिन साेमबार नेपाली सेयर बजार नेप्से ३४ दशमलव ९५ अंकले घटेर परिसूचक २३ सय ८६ अंक बन्द भएको छ । साताकाे पहिलाे दिन आइतबार एकैदिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेको छ । 

सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अंक पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७  हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब  चार करोड २२ लाख  हजार  रुपैयाँको कारोबार भएको छ । 

कारोबार रकम आइतबारभन्दा ५१ करोडले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांस सेक्टरका सेयरधनीले गुमाएका छन्।

नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् । सेयर बजारमा लाईफ इन्स्योरेन्स र नन् लाईफ इन्स्योरेन्स  सेक्टरका सेयरधनीले सबैभन्दा धेरै १०० अंक बढीको गिरावट व्यहोर्नु परेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!