यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on: 26 Apr, 2022
वैशाख १३, काठमाडौं | नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ४१ पैसा र बिक्री दर १२३ रुपैयाँ एक पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ एक पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५५ रुपैयाँ ६५ पैसा र बिक्री दर १५६ रुपैयाँ ४१ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७५ पैसा र बिक्री दर १२८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ छ पैसा र बिक्री दर ८८ रुपैयाँ तीन पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४२ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ५५ पैसा र बिक्री दर नौ रुपैयाँ छ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ५१ पैसा र बिक्री दर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ एक पैसा छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नौ रुपैयाँ ७९ पैसा र बिक्री दर नौ रुपैयाँ  ८३ पैसा कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!