सुनको मूल्य ताेलाकाे ९९ हजार रुपैयाँ

Posted on: 27 Apr, 2022

वैशाख १४, काठमाडौं | सुनको भाउ बुधबार प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । मंगलबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ४० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!