नेपालीको आय एकै वर्षमा १६ हजार रुपैयाँले बढ्यो, प्रतिव्यक्ति आय १३ सय ७२ डलर

Posted on: 28 Apr, 2022

वैशाख १५, काठमाडौँ | एक वर्षको अवधिमा नेपालीको प्रतिव्यक्ति आय १६ हजार रुपैयाँले बढेको छ ।

तथ्याङ्क विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ सय ३३ डलरले बढेको छ ।

अमेरिकी डलरको आजको भाउ एक सय २२ रुपैयाँ १६ पैसाले हिसाब गर्दा एक वर्षमा नेपालीको आय १६ हजार २ सय ४७ रुपैयाँले बढेको देखिएको छ ।

गएको आर्थिक वर्षमा प्रतिव्यक्ति आय १२ सय ३९ अमेरिकी डलर रहेकोमा अहिले १३ सय ७२ अमेरिकी डलर पुगेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!