हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

Posted on: 01 May, 2022

वैशाख १८, काठमाडाैं | नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर १२२ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ९७ पैसा र बिक्री दर १२९ रुपैयाँ ६ पैसा छ । यूके पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ १८ पैसा र बिक्री दर १५३ रुपैयाँ ९४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ८१ पैसा र बिक्री दर १२६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३६ पैसा र बिक्री दर ८७ रुपैयाँ ७९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७३ पैसा र बिक्री दर ९६ रुपैयाँ दुई पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३७ पैसा र बिक्री दर नौ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५१ पैसा र बिक्री दर १८ रुपैयाँ ६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५२ पैसा र बिक्री दर ३२ रुपैयाँ ६८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ४४ पैसा र बिक्री दर ३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ दुई पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६९ पैसा र बिक्री दर नौ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!