हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on: 02 May, 2022

वैशाख १९, काठमाडौं | नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर १२२ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ छ पैसा र बिक्री दर १२९ रुपैयाँ २३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ३८ पैसा र बिक्री दर १५४ रुपैयाँ १३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ तीन पैसा र बिक्री दर १२५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १७ पैसा र बिक्री दर ८६ रुपैयाँ छ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३४ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ चार पैसा र बिक्री दर नौ रुपैयाँ ४४ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ ५२ पैसा र बिक्री दर ३२ रुपैयाँ ६८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३३ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ दुई पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ सात पैसा कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!