एनसीसी बैंकले आजबाट बिक्रीमा ल्यायो १ लाख कित्ता संस्थापक सेयर

Posted on: 04 May, 2022

वैशाख २१, काठमाडौँ | एनसीसी बैंक लिमिटेडले आजबाट १ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । 

उक्त लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

कम्पनीले सो शेयरको न्युनतम मूल्य १३० रुपैयाँ तोकेको छ । यसअनुसार शेयधरनीले सो वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ ४ गतेसम्म आवेदन दिन मिल्नेछ । 

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसारमार्ग, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!