हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on: 05 May, 2022

वैशाख २१, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज विहिबार २२ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । अमेरिकी डलर १ को खरिददर हिजो बुधबार भन्दा घटेर १२१.९७ पैसा तोकेको छ ।

हिजो डलरको खरिदमूल्य १२२.१३ पैसा थियो । यस्तै विक्रीदर भने १२२.५७ पैसा रहेको छ । हिजो १२२.७३ पैसा रहेको थियो । यस्तैगरी युरो १ को १२८.३७ पैसा रहेको छ । विक्रीदर १२९ रुपैयाँ रहेको छ । 

सिंगापुरे डलर १ को खरिददर ८८.२० पैसा र विक्रीदर ८८.६४ पैसा रहेको छ । 

साउदी रियाल आज १ को ३२.५२ पैसा रहेको छ ।हिजो बुधबार रिायालको खरिददर ३२.५६ पैसा थियो । विक्रीदर ३२.६८ पैसा रहेको छ । यस्तैगरी चाइनिज युआन १ को खरिददर १८.४६ पैसा  रहेको छ । हिजो युआनको भाउ १८.४८ पैसा रहेको थियो । 

कतारी रियालको भाउ हिजोकै मूल्य भाउ आज पनि ३३.४० पैसा रहेको छ ।

यस्तै कुवेती दिनार १ को खरिददर ३९७.७४ पैसा रहेको छ भने हिजो बुधबार ३९८.२३ पैसा रहेको थियो । विक्रीदर आज ३९९.६९ पैसा रहेको छ  ।

अन्य मुलुकहरुको मुद्राको मूल्य भाउ कुन कति छ हेर्नुस् विवरणमाः

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!