महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

Posted on: 11 May, 2022

वैशख २८, काठमाडौँ | सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले राखे पनि १० महिनामा ३० प्रतिशतको आसपासमा मात्रै पुँजीगत खर्च भएको छ।

हुन त सरकारले अर्धवार्षिक समीक्षा गर्दै पुँजीगत खर्चको लक्ष्य १० प्रतिशत घटाएको छ । तर, सो लक्ष्य पूरा गर्न पनि सरकारले अब हरेक महिना ३० प्रतिशतका दरले बजेट खर्च गर्नुपर्ने देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा यस आवमा न्यून खर्च भएको छ। यद्यपि अघिल्लो वर्ष कोरोना महामारीका कारण दसौँ महिनामा लकडाउन भएको थियो । अघिल्लो वर्षको तुलनामा अवस्था सामान्य भए पनि पुँजीगत खर्चमा त्यसको नतिजा भने नदेखिएको महालेखाको तथ्याङ्कले देखाएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!