मूल्यवृद्धि ७.२८ प्रतिशत पुग्यो

Posted on: 11 May, 2022

वैशाख २८, काठमाडौं | देशको मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार गत चैत महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३.१० प्रतिशत मात्रै थियो ।


चैत महिनाकाे समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मूल्यवृद्धि भने ५.६२ प्रतिशत छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मूल्यवृद्धि रहेको राष्ट्र बैंकले जनाएको छ । सरकारले यस आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ प्रतिशतको सीमाभित्रै राख्ने लक्ष्य लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!