हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

Posted on: 17 May, 2022

जेठ ३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२४.२३ रुपैयाँ र खरिद मूल्य १२३.६३ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । राष्ट्र बैंकका अनुसार आज पनि नेपाली मुद्रा डलरको तुलनामा कमजारे स्थितीमा छ । सर्वसाधारणले एक डलर साट्न १२४.२३ रुपैयाँ खर्चनुपर्छ । जुन, अहिलेसम्मकै उच्च हो । यस्तै, आजका लागि एक यूरोको बिक्रीदर १२९.५१ रुपैयाँ र खरिद दर १२८.८८ रुपैयाँ छ ।

१५२.१८ रुपैयाँमा बिक्री भइरहेको पाउण्ड स्र्टलिङको खरिददर १५१.४५ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको बिक्रीदर ८५.९९ रुपैयाँ र खरिद दर ८५.५८ रुपैयाँ छ । यसका साथै, ८९.११ रुपैयाँमा बिक्री मूल्य कायम भएको सिंगापुर डलरको खरिद मूल्य ८८.६८ रुपैयाँ छ ।

१० जापानी येनको बिक्रीदर ९.६१ रुपैयाँ कायम हुँदा खरिददर ९.५६ रुपैयाँ कायम छ भने चिनियाँ युवानको बिक्रीदर १८.३० रुपैयाँ र खरिद दर १८.२१ रुपैयाँ हुन आउँछ । ३३.१२ रुपैयाँ बिक्रीदर तोकिएको साउदी रियालको खरिददर ३२.९६ रुपैयाँ छ भने ३४.०१ रुपैयाँ बिक्रीदर कायम कतारी रियालको खरिददर ३३.८५ रुपैयाँ छ ।

यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३३.८२ रुपैयाँ र खरिददर ३३.६६ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्रीदर २८.२५ रुपैयाँ र खरिददर २८.११ रुपैयाँ छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!