हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड बजेट

Posted on: 29 May, 2022

जेठ १५, काठमाडौं | सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए । 

निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्नुका साथै थप ६७ वटा पुलको निर्माण कार्य सुरू गरिने मन्त्रीश शर्माले बताए । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!